प्रभु महालक्ष्मी लाइफको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं,१४ जेष्ठ । प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो ।
यस कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनको लागि जेठ १६ गते बुक क्लोज गर्दैछ । भोलि गणतन्त्र दिवसका कारण सरकारले सार्वजनिक विदा दिएको छ । त्यसैले आजसम्म कायम सेयरधनीले मात्र लाभांश पाउन सक्नेछन् ।
गत वर्षको नाफाबाट यस कम्पनीले ८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४२ प्रतिशत नगद लाभांश वितरण गर्दैछ । उक्त लाभांश प्रस्ताव पारित गर्न यस कम्पनीको वार्षिक साधारण सभा जेठ २६ गते बस्नेछ । प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सको वार्षिक साधारण सभा आम्रपाली बेंक्वेट, भाटभटेनी काठमाडौंमा हुनेछ ।
प्रतिक्रिया दिनुहोस्