सानिमा बैंकको ३ लाख ३९ हजार कित्ता संस्थापक शेयर बिक्रीमा
काठमाडौं । सानिमा बैंकको ३ लाख ३९ हजार बढी कित्ता शेयर बिक्रीमा राखिएको छ ।
बैंकको संस्थापक समूहको ३ लाख ३९ हजार ४८४ कित्ता शेयर बिक्रीमा राखिएको हो । यो शेयरमा हाललाई बैंकका संस्थापक शेयरधनीहरुले मात्र खरिद निवेदन दिन सक्नेछन्।
बिक्रीमा राखिएको शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १४५ रुपैयाँ तोकिएको छ । यसको मतलब शेयर खरिदका लागि निवेदन दिँदा न्यूनतम मूल्य वा सोभन्दा बढी कबुल गर्नुपर्नेछ ।
इच्छुक संस्थापक शेयरधनीहरुले ३५ दिनभित्र शेयर खरिदका लागि आवेदन दिनुपर्नेछ । आवेदन काठमाडौंको नक्सालस्थित बैंकको केन्द्रीय कार्यालयमा पेस गर्न सक्नेछन्।
तोकिएको अवधिभित्र संस्थापक शेयरधनीहरुबाट खरिदका लागि निवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई शेयर बिक्री खुला गरिने बैंकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्