सगरमाथा जलविद्युतले पायो शतप्रतिसत हकप्रद निष्काशन गर्ने स्वीकृति

काठमाडौं,१४ जेष्ठ । सगरमाथा जलविद्युत कम्पनीले शतप्रतिशत हकप्रद शेयर निष्काशन तथा बिक्री गर्नका लागि विद्युत नियमन आयोगले स्वीकृति पाएको छ ।

म्पनीले हाल कायम १ अर्ब १७ करोड ३२ लाख रुपैयाँ चुक्ता पुँजीको १ः१ अनुपातमा हकप्रद शेयर बिक्री गर्न लागेको हो ।

आयोगको स्वीकृतिपछि कम्पनीले हकप्रद शेयर निष्काशनका लागि अब नेपाल धितोपत्र बोर्डमा निवेदन पेश गर्नेछ । बोर्डले स्वीकृति दिएपछि मात्र हकप्रद शेयर निष्काशन गर्न पाउनेछ ।

 

प्रतिक्रिया दिनुहोस्