एनएमबि बैंकको करिब ६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
काठमाडौ,१४ जेष्ठ । एनएमबि बैंकले संस्थापक सेयरधनीको नाममा रहेको ५ लाख ९८ हजार १४५ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । यस सेयर खरिदको लागि व्यक्ति, कम्पनी तथा विभिन्न संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् ।
सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आजबाट १५ दिनभित्र बैंकको कार्यालय, बबरमहल, काठमाडौंमा आवेदन दिनुपर्नेछ ।
यसअघि विद्यमान संस्थापक सेयरधनीहरुले सेयर खरिद गर्न इच्छा नदेखाएपछि सो सेयर सर्वसाधारण लगानीकर्ताले समेत किन्न सक्ने गरी बिक्री खुला गरिएको हो ।
प्रतिक्रिया दिनुहोस्