रोयल च्यालेन्जर्स बैंग्लोरका कप्तान विराट कोहली घाइते

आइपिएलमा सनराइजर्स हैदरावाद विरुद्धको खेलमा फिल्डिङ गर्ने क्रममा रोयल च्यालेन्जर्स बैंग्लोर (आरसिवि)का कप्तान विराट कोहली घाइते भएका छन् । उनलाई नाकमा चोट लागेर घाइते भएको भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (विसिसिआई) पुष्टि गरेको हो ।
उनलाई जुन १५ सम्म आराम गर्न बिसिसिआईका मेडिकल टिमले सल्लाह दिएका छन् । १५ जुनमा एकपटक फेरी उनको शारिरिक अवस्था कस्तो सुधार भएको रहेछ त्यसको परिक्षण हुनेछ ।

रिपोर्टका आधारमा उनी इंग्यान्ड र आइरल्यान्ड भ्रमण टोलीमा हुने नहुने तय हुनेछ। भारतले डब्लिनमा जुन २७ डब्लिनमा पहिलो खेल खेल्नेछ । सुरे क्लबबाट घरेलु क्रिकेट खेल्न लागेका कोहली चोटका कारण इंग्ल्यान्डमा हुन लागेको घरेलु क्रिकेट पनि खेल्न नपाउने भएका छन् ।

एजेन्सी:

प्रतिक्रिया दिनुहोस्