पियोर इनर्जीको आइपिओ सूचीकृत, मंगलबारदेखि दोस्रो बजारमा कारोबार
काठमाडौं,१२ जेष्ठ । सोमबार नेपाल स्टक एक्सचेञ्जमा पियोर इनर्जीको आइपिओ सूचीकृत भएको छ । नेप्सेमा कम्पनीको ८० लाख कित्ता सेयर सूचीकृत भएको हो ।
कम्पनीले सर्वसाधारण लगानीकर्ताहरू (वैदेशिक रोजगारीमा रहेका नेपाल, सामूहिक लगानी कोष र कर्मचारी समेत) लाई निष्कासन गरी बाँडफाँट गरेको १६ लाख कित्ता साधारण सेयर र संस्थापक सेयरधनीहरूले लगानी गरेको ६४ लाख कित्ता सेयर गरी कुल ८० लाख कित्ता सेयर नेप्सेमा सूचीकृत गरेको हो ।
नेप्सेले पहिलो कारोबारको लागि कम्पनीको ९६ रूपैयाँ ४५ पैसादेखि २८९ रूपैयाँ ३५ पैसासम्मको ओपनिङ रेञ्ज तोकेको छ । मंगलबारदेखि कम्पनीको सेयर कारोबार खुला हुनेछ ।
नेप्सेले कम्पनीको वास्तविक नेटवर्थको तीन गुणासम्म पहिलो कारोबारको लागि मूल्य रेञ्ज तोक्ने गर्छ । कम्पनीको “पियुआरई” संकेतमा सेयर कारोबार खुला हुनेछ ।
प्रतिक्रिया दिनुहोस्