तीनकुने घटनाका प्रतिवादीको बयान शुरु

काठमाडौं,१२ जेठ । काठमाडौं जिल्ला अदालतमा आज सोमबारबाट तीनकुने घटनामा संलग्न प्रतिवादीहरूको बयान सुरु भएको छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीको इजलासमा बयान सुरु भएको हो । सोमबार दुर्गा प्रसाईंको बयान सुरु भएको छ । सुरुमा राज्यविरुद्धको कसुरका ५० प्रतिवादीहरूको बयान हुनेछ । बयान सकेपछि थुनकेछसम्बन्धी बहस हुनेछ ।

त्यस्तै, जिल्ला अदालतकै न्यायाधीश पदमराज पाण्डेको इजलासमा सोमबारबाटै भाटभटेनी लुटमा संलग्न ११ जनाको बयान सुरु भएको छ । सरकारी वकिलको कार्यालयले उनीहरूमाथि आपराधिक उपद्रव कसुरमा मुद्दा अभियोजन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्