गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्छ : नेकपा माओवादी केन्द्र

काठमाडौं,१२ जेठ । नेकपा माओवादी केन्द्रले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा मागेको छ ।

माओवादी पदाधिकारीको आज बिहान बसेको बैठकले मन्त्री लेखकले राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए ।

पार्टीको आज बसेको बैठकले पनि के निष्कर्ष निकालेको छ भने गहृमन्त्री रमेश लेखकले राजीनामा दिएर छानबिनमा सहयोग गर्नुपर्छ । बैठकपछि पार्टि प्रवक्ता अग्नि सापकोटाले जानकारी गराएका हुन ।

स्वतन्त्र र निष्पक्ष छानबिनका लागि पनि मन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने माओवादी केन्द्रको ठहर छ । प्रवक्ता सापकोटाले भने, ‘गंम्भिर आरोपमा छानबिन नै सुरु गरिसकेको विषयमा राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्छ । ताकि पहुँच, प्रभाव र पावर प्रयोग हुन नपाओस् ।’

प्रतिक्रिया दिनुहोस्