कांग्रेस पदाधिकारी बैठक बस्दै

१२ जेष्ठ, काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक जारी छ । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको सचिवालय पनि मुछिएको भन्दै नैतिकताको आधारमा राजीनामा दिनुपर्ने माग उठेका बेला कांग्रेसले बैठक बोलाएको हो ।

कांग्रेसका केही नेताहरूले लेखकमाथि प्रश्न उठ्ने बित्तिकै राजीनामा दिएर छानबिनका लागि सहज वातावरण बनाउन सुझाव दिइसकेका छन् भने केहीले मन्त्रीले राजीनामा दिनुनपर्ने अभिव्यक्ति दिँदै आएका छन् ।

आजको बैठकमा यो विषयसहित पार्टीका अन्य विषयमा पनि छलफल हुने बताइएको छ ।

कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले क्रियाशील सदस्यताका विषयमा छलफल गर्नका लागि सभापति शेरबहादुर देउवाले बैठक बोलाएको बताए । पदाधिकारी बैठकमा समसायिक राजनीतिक घटनाक्रमबारे पनि छलफल हुने मुख्य सचिव पौडेलले जानकारी गराए ।

महामन्त्री गगन थापाले पनि क्रियाशील सदस्यता नवीकरणको अवस्थाबारे जानकारी गराउन बैठक डाकिएको जानकारी गराए । थापा सदस्यता व्यवस्थापन समितिका संयोजक हुन् ।

प्रतिक्रिया दिनुहोस्