सिटिजन लाइफ इन्सुरेन्सको बोनस सेयर नेप्सेमा सूचीकृत

काठमाडौं,११ जेष्ठ । सिटिजन लाइफ इन्सुरेन्सको बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ । नेप्सेमा मंगलबार सिटिजन लाइफको १ करोड ६ लाख २५ हजार कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

कम्पनीले गत चैत १५ गतेको वार्षिक साधारण सभाबाट २६.९८ प्रतिशत बोनस सेयर पारित गरेको थियो । सोही सेयर अहिले सूचीकृत भएको हो । उक्त बोनस सेयरपछि सिटिजन लाइफको चुक्ता पुँजी ५ अर्ब रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्