तीनकुने घटनाका दोषी दुर्गा प्रसाईँसहित २० जनालाई जन्मकैदको मागदाबी
काठमाडौं, ११ जेष्ठ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंसहित २० जनाविरुद्ध जन्मकैदको मागदाबीसहित काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर भएको छ ।
आइतबार प्रहरी अनुसन्धानका आधारमा तीनकुने घटनामा संलग्न भएको जिकिर सहित जिल्ला सरकारी वकिलको कार्यालयले काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेको छ ।
जसमा ५० जनालाई राज्यविरुद्धको कसुरमा, ११ जनालाई आपराधिक उपद्वव र ८ जनालाई ज्यान मार्ने कसुरमा मुद्दा चलाइएको जिल्ला सरकारी वकिलका कार्यालय प्रमुख रामहरि शर्माले जानकारी दिए ।
जिल्ला अदालतका अनुसार कुल ६१ जनाविरुद्ध जिल्ला अदालत काठमाडौँमा मुद्दा दर्ता भएको छ । यस्तै चार जना नाबालकलाई बाल अदालतमा मुद्दा चलाउने तयारी भएको छ ।
प्रतिक्रिया दिनुहोस्