रवीन्द्र र धवललाई राज्यविरूद्धको कसुरमा मुद्दा चलाइदै

काठमाडौं, ११ जेष्ठ । तीनकुने घटनामा रास्वपाका उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणाविरुद्ध राज्यविरुद्धको कसुरमा मुद्दा चल्ने भएको छ ।

काठमाडौँ जिल्ला अदालतमा उनीहरुविरुद्ध आइतबार उक्त मुद्दा दर्ता हुन लागिएको छ । मुद्दा दर्ताका लागि अदालतमा फाइल पुगिसकेको अदालत स्रोतले बतायो ।

दुबै नेता यसअघि नै पक्राउ परेर रिहा भइसकेका छन् ।

राणा उपचारको लागि भनेर रिहा भएका थिए भने मिश्र सर्वोच्चमा दायर बन्दीप्रत्यक्षीकरणको रिटका आधारमा रिहा भएका थिए ।

प्रतिक्रिया दिनुहोस्