रास्वपा केन्द्रीय समिति चार विषयमा छलफल गर्न बैठक बस्ने तयारीमा
काठमाडौं, ११ जेष्ठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको बैठक आइतबार बस्दैछ। आज दिउँसो २ बजे बस्ने केन्द्रीय समिति बैठकका लागि चार वटा कार्यसूची तय गरिएको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए।
उनका अनुसार आज बस्ने बैठकमा सभापति रवि लामिछानेमाथि लगाइएको मुद्दा प्रतिशोधपूर्ण र झूटा रहेको बताउँदै सर्वोच्च अदालतको आदेश र आगामी प्रक्रियाबारे छलफल हुनेछ।
त्यस्तै अध्यागमनमा भिजिट भिसाको नाममा रकम असुलीबारे पनि छलफल हुनेछ। रास्वपाले शनिबार नै भर्चुअल बैठक राखेर गृहमन्त्री रमेश लेखकले राजीनामा दिएर छानबिनमा सघाउनुपर्ने निष्कर्ष निकालेको थियो।
तेस्रो, आज बस्ने केन्द्रीय समिति बैठकमा पार्टीको आगामी कार्यदिशा र महाधिवेशन लक्षित क्यालेन्डरबारे छलफल हुनेछ। रास्वपाले वैशाखमा गर्ने भनिएको महाधिवेशन आगामी फागुनमा गर्ने गरी सारेको छ। त्यसका लागि वडा र पालिका तहको कमिटीका अधिवेशनलाई जोड दिने पनि तयारी गरेको छ।
यस्तै तेस्रो स्थापना दिवस (असार– ७) को कार्यक्रमबारे पनि आज छलफल हुने रास्वपाले बताएको छ।






















प्रतिक्रिया दिनुहोस्