दोर्दी खोला जलविद्युतको साढे १९ लाख कित्ता लिलामी शेयर बिक्री खुला
काठमाडौं,११ जेष्ठ । दोर्दी खोला जलविद्युत लिमिटेडले आइतबारदेखि हकप्रदमा बाँकी रहेका साढे १९ लाखभन्दा बढी कित्ता शेयर लिलामीमार्फत बिक्री खुला गरेको छ। कम्पनीले कुल १९ लाख ४६ हजार ६७६ कित्ता शेयर लिलामीमार्फत बिक्री खुला गरेको हो ।
यसमध्ये संस्थापक समूहको १२ लाख ८५ हजार ४१ कित्ता, सर्वसाधारण समूहको १ लाख ६५ हजार ९५६ कित्ता र लकइन अवधिमा नपरेको ४ लाख ९५ हजार ६७९ कित्ता शेयर रहेको छ। संस्थापक र सर्वसाधारण समूह शेयरको लकइन अवधि असार ७ गते सकिदैछ ।
लगानीकर्ताले लिलामीमा भाग लिन कम्तीमा १०० रुपैयाँलाई आधार मूल्य मानी प्रतिस्पर्धात्मक बोलपत्रमार्फत आवेदन दिन सक्नेछन्। इच्छुक व्यक्ति, कम्पनी, संघ वा संस्थाले जेठ १९ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सक्ने प्रबन्धपत्रमा उल्लेख छ।
कम्पनीको शेयर बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ । बोलपत्र आवेदन फारम सानिमा क्यापिटल लिमिटेड को नक्सालस्थित कार्यालयबाट साथै सानिमा बैंकका विभिन्न शाखाहरू तथा गरिमा विकास बैंक लिमिटेड को बागलुङ शाखाबाट प्राप्त गर्न र बुझाउन सकिनेछ।
बोलपत्र बुझाउनको लागि निम्न स्थानहरू तोकिएको छ । सानिमा क्यापिटल लिमिटेड – नक्साल (मुख्य कार्यालय), विराटनगर (मोरङ), विर्तामोड (झापा), वीरगन्ज (पर्सा), जनकपुर (धनुषा), भरतपुर (चितवन), हेटौंडा (मकवानपुर)
पोखरा (कास्की), बुटवल (रुपन्देही), घोराही (दाङ), नेपालगन्ज (बाँके), विरेन्द्रनगर (सुर्खेत), धनगढी (कैलाली), महेन्द्रनगर (कञ्चनपुर)
त्यस बाहेका गरिमा विकास बैंक लिमिटेड, बागलुङबाट समेत बुझाउने ब्यवस्था गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्