ज्ञानेन्द्र शाहसहित राजपरिवारद्वारा नारायणहिटी दरबारभित्र रहेको चतुर्व्यूह नारायणधाम मन्दिरमा पूजाअर्चना

काठमाडौं, ११ जेष्ठ । अन्तिम राजा ज्ञानेन्द्र शाहसहित राजपरिवारले नारायणहिटी दरबारभित्र रहेको चतुर्व्यूह नारायणधाम मन्दिरमा पूजाअर्चना गरेका छन्।

पूर्वराजा ज्ञानेन्द्र शाह, पूर्वरानी कोमल, पूर्वअधिराजकुमारी प्रेरणा र पूर्वनवयुवराज हृदयेन्द्र शाहले शनिबार साँझ नारायणहिटी दरबार परिसरमा रहेको चतुर्व्यूह नारायणधाम मन्दिरमा पूजाआजा गरेका हुन्।

यो मन्दिर नारायणहिटी दरबार परिसरसँगै जोडिएको छ। यो मन्दिर राजपरिवारका सदस्यहरूको नियमित दर्शन तथा पूजाअर्चना हुने धाम मानिन्छ। सोही मन्दिरको नामबाट नारायणहिटी दरबारको नामाकरण गरिएको हो।

पूर्व नवयुवराज हृदयेन्द्र केही दिनअघि मात्रै अमेरिकाबाट नेपाल फर्किएका थिए। अमेरिकाको बोस्टनमा अध्ययनरत उनी बिदामा नेपाल आएको बताइएको छ। राजावादीहरुले राजसस्था पुनस्थापन र हिन्दु राष्ट्रको माग गर्दै आन्दोलन र संघर्षका कार्यक्रमहरु गरिरहँदा ज्ञानेन्द्र शाह सहित राजपरिवारका सदस्यहरुले नारायणहिटी दरबार परिसरसँगै जोडिएको मन्दिरमा पूजाआजा गर्र्दा दलहरुलाई भने निकै उकुशमुकुश भएको छ । यसलाई अलि गम्भिर रुपमा पनि लिने अथ्र्याएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्