राष्ट्रिय स्वतन्त्र पार्टीको आकस्मिक बैठक
काठमाडौं। १० जेष्ठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समिति आकस्मिक बैठक बोलाएको छ ।
पार्टी सभापति रवि लामिछानेलाई सर्वोच्च अदालतले पनि थुनामै राख्ने आदेश सदर गरेपछि रास्वपाले बैठक बोलाएको हो ।
सचिवालयको आकस्मिक भर्चुअल बैठकले बैठक बसेर उक्त विषयमा छलफल गर्ने निर्णय गरेको हो ।
आज दिउँसो तीन बजे पुनस् सचिवालय र चार बजे केन्द्रीय समितिको भर्चुअल बैठक बस्ने रास्वपाले जनाएको छ ।
शनिबारको बैठकपछि आइतबार दिउँसो दुई बजे पार्टी केन्द्रीय कार्यालयमा केन्द्रीय समिति बैठक बस्ने रास्वपाको निर्णय छ ।
शुक्रबार सर्वोच्च अदालतले यसअघि उच्च अदालत तुलसीपुरको बुटवल इजलासले रविलाई पुर्पक्षका लागि थुनामा पठाउन दिएको आदेशलाई सदर गरेपश्चात उत्पन्न परिस्थितिलाई मध्यजनर गर्दै पार्टीको बैठक बोलाएको हो ।
प्रतिक्रिया दिनुहोस्