जेठ १५ गतेका लागि सुरक्षा व्यवस्था मिलाएका छौंः प्रहरी
काठमाडौं,९ जेष्ठ । नेपाल प्रहरीले जेठ १५ गतेका लागि सुरक्षा व्यवस्था मिलाइएको बताएको छ ।
नवराज सुवेदी नेतृत्वको ुसंयुक्त जनआन्दोलन समितिु ले जेठ १५ गतेदेखि ुजनआन्दोलनु सुरू गर्ने घोषणा गरेको छ ।
उक्त कार्यक्रमप्रति लक्ष्य गर्दै प्रहरीले सुरक्षा व्यवस्था मिलाइसकिएको र जनधनको क्षति हुन नदिइने बताएको छ ।
शुक्रबार प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजित कार्यक्रममा एसएसपी शेखर खनालले जेठ १५ गतेको प्रदर्शन लक्ष्य गर्दै प्रहरीले आवश्यक सुरक्षा व्यवस्था मिलाइसकेको उल्लेख गरे ।
हामी सुरक्षा योजना बनाएर अगाडि बढ्छौं, जनधनको क्षति हुन दिँदैनौं । त्यसदिनका लागि आवश्यक जनशक्ति व्यवस्थापन गरेका छौं ।
प्रतिक्रिया दिनुहोस्