रवि र छविको रिटमा सुनुवाइ सकियो

काठमाडौं,९ जेठ । सर्वोच्च अदालतले रास्वपा सभापति एवं गृहमन्त्री रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ सकिएको छ ।

गत मंगलबारदेखि न्यायाधीशद्वय डा. नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा शुक्रबार सुनुवाइ सकिएको छ । अब यो रिटमा आदेश आउन बाँकी छ ।
आज रवि लामिछाने र छविलाल जोशीविरुद्ध जाहेरी दिएका कानुन व्यवसायीहरूले बहस गरेका थिए ।

वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी, दिनेश त्रिपाठी तथा अधिवक्ता रामचन्द्र आरसी गौतमले शुक्रबार बहस गरे ।

लगत्तै रवि र छविका कानुन व्यवसायीहले जवाफी बहस गरेका थिए । अधिवक्ताहरू सुशीलकुमार पन्त र रमनकुमार श्रेष्ठ र सतिषकृष्ण खरेलले जवाफी बहस गरेका थिए ।

उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई थुनामा राख्न आदेश दिएको थियो । सो आदेशपछि रुपन्देही जिल्ला कारागारमा उनी थुनामा छन् ।

प्रतिक्रिया दिनुहोस्