गभर्नर विश्व पौडेलको नियुक्ति बदर गर्न माग गर्दै सर्वोच्चमा निवेदन

काठमाडौं,९ जेष्ठ । गभर्नर डा. विश्व पौडेलको नियुक्ति बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा निवेदन पेस भएको छ । शुक्रबार अधिवक्ताहरु अनन्तराज लुइँटेल, विशाल थापा र प्रतिभा उप्रेतीले गभर्नर पौडेलको नियुक्तिविरुद्ध सर्वोच्च अदालत प्रशासनमा निवेदन दिएका हुन् ।

पौडेलको नियुक्ति रोक्न माग गर्दै यसअघि उनीहरुले रिट निवेदन दिएका थिए । तर, सर्वोच्च प्रशासनले उक्त मुद्दा दरपीठ गरेको थियो । दरपीठविरुद्धको निवेदन इजलासमा पुगे पनि जेठ ६ गते सर्वोच्चका न्यायाधीश सपना मल्ल प्रधानको इजलासले दरपीठ आदेशलाई सदर गरेको थियो ।

केन्द्रीय बैंकमा गभर्नर पद रिक्त भएको करिब डेढ महिनापछि जेठ ६ गते सरकारले डा. विश्व पौडेललाई गभर्नर नियुक्त गरेका थियो । पौडलले ७ गते बुधवार शपथ ग्रहण गरी कार्यभार सम्हालिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्