सर्वोच्च अदालतकामा रवि र छविका रिटमाथि आज पनि सुनुवाइ
काठमाडौं,९ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिट निवेदनमाथि शुक्रबार पनि सुनुवाइ हुँदैछ ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा मंगलबारदेखि सुनुवाइ जारी छ । पूर्वगृहमन्त्री लामिछानेसँगै नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीको रिटमा पनि सुवेदी र ढकालको इजलासमा सुनुवाइ चलिरहेको छ ।
बिहीबार रवि र छविका तर्फका अधिवक्ताहरूको बहस गरिसकेका छन् । सरकारी वकिलको बहस पनि सकिएको छ । शुक्रबार जाहेरवालाको तर्फबाट बहस हुनेछ । त्यसपछि जवाफी बहस हुनेछ ।
हाल लामिछाने र जोशी सहकारी ठगी प्रकरणमा कारागार कार्यालय भैरहवा रुपन्देहीमा पुर्पक्षमा थुनामा छन् ।
बटुवलको सुप्रिम सहकारी ठगी प्रकरणमा जिल्ला अदालत रुपन्देहीले लामिछानेलाई धरौटीमा रिहा गरेको थियो । उच्च अदालत बुटवलले जिल्ला अदालतको आदेश उल्टाउँदै पुर्पक्षका लागि थुनामा पठाएको हो । रविले यसविरुद्ध पनि सर्वोच्चमा निवेदन दिएका थिए । यी दुवै रिटको सुनुवाइ एकसाथ भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्