निफ्राले जेठ १८ गतेबाट ५० लाख इकाई ऋणपत्र निष्कासन गर्दै

काठमाडौं,८ जेष्ठ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले जेठ १८ गतेदेखि ५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा ५० लाख इकाई ऋणपत्र जारी गर्न लागेको हो ।

५० लाख इकाई ऋणपत्र मध्ये ३० लाख इकाई बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्ने भएको छ । बाँकी २० लाख इकाई सर्वसाधारणका लागि खुला हुनेछ । यसमध्ये १ लाख इकाई ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ । निफ्राले ७ वर्ष अवधिको ‘६ प्रतिशत निफ्रा उर्जा ऋणपत्र २०८८÷८९” नामको ऋणपत्र निष्कासन गर्न लागेको हो । यसमा वार्षिक ६ प्रतिशत ब्याजदर दिने बैंकले जानकारी दिएको छ ।

यस ऋणपत्रमा जेठ २१ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त समयसम्म सबै ऋणपत्र बिक्री नभएमा भने असार १ गतेसम्म खुला रहनेछ । यसमा न्यूनतम २५ इकाईदेखि अधिकतम १० लाख इकाईसम्म आवेदन दिन सकिनेछ । यस ऋणपत्रमा सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर सफ्टवेयरमार्फत अनलाइनबाट आवेदन दिन सकिनेछ ।

यस ऋणपत्रमा निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइएमबी एस क्यापिटल लिमिटेड रहेको छ ।

प्रतिक्रिया दिनुहोस्