हिमालयन रिइन्सुरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं,८ जेष्ठ । हिमालयन रिइन्सुरेन्सले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि जेठ ११ गते आइतबार बुक क्लोज गर्ने भएको छ । आज जेठ ८ गते बिहीबारसम्म कायम सेयरधनीले लाभांस प्राप्त गर्न सक्नेछन् ।

जेठ ९ गते शुक्रबार र १० गते शनिबार परेकोले दुवै दिन सेयर कारोबार हुँदैन । यसकारण यस कम्पनीको लाभांश दाबी गर्न व्यवहारिकरुपमा आजै सेयरधनी खरिद गरिसकेको हुनुपर्छ । यसले ४.७५ प्रतिशत लाभांश वितरण प्रस्ताव गरेको छ ।

हिमालयन रिइन्सुरेन्सको लाभांश प्रस्ताव पारित गर्न जेठ २५ गते साधारण सभा बस्ने भएको छ । सभा, नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।

साधारण सभामा कम्पनीले ४.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२४ प्रतिशत नगद गरी कुल ४.७५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ । साथै, सभामा आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विषयमा पनि छलफल हुनेछ ।

कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि रहेकोछ । आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने लगायत एजेन्डा पनि रहेकोछ ।

प्रतिक्रिया दिनुहोस्