प्रहरी परिसर काठमाडौंको गेटबाट फरार थुनुवा निशान परियार पक्राउ

काठमाडौं,७ जेठ । जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाडौंको गेटबाट फरार भएका थुनुवा पक्राउ परेका छन् ।

मंगलबार फरार भएका थुनुवा २४ वर्षीय निशान परियारलाई पक्राउ गरिएको परिसरका एसपी तथा प्रवक्ता अपील राज बोहराले बताए । उनलाई असन याट्खाबाट पक्राउ गरिएको हो ।

प्रहरी वृत्त स्वयम्भूबाट मुद्दा प्रयोजनका लागि ल्याइएका उनी परिसरको गेटबाटै मंगलबार फरार भएका थिए । परियार अभद्र व्यवहारको कसुरका थुनुवा हुन् ।

प्रतिक्रिया दिनुहोस्