ग्लोबल आइएमई क्यापिटलले पायो म्युचुअल फन्ड योजना बिक्री गर्ने अनुमति
काठमाडौं,७ जेष्ठ । ग्लोबल आइएमई क्यापिटलले १ अर्ब २० करोड रुपैयाँ बराबरको म्युचुअल फन्ड योजना बिक्री गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।
क्यापिटलले बन्दमुखी योजना “ग्लोबल आइएमई समुन्नत योजना-२” को १२ करोड इकाई बिक्री गर्न अनुमति पाएको हो । प्रतिइकाई १० रुपैयाँको दरले यो योजना बिक्री हुनेछ ।
यस योजनाको कोष व्यवस्थापक ग्लोबल आइएमई क्यापिटल रहेको छ ।
प्रतिक्रिया दिनुहोस्