गृह मन्त्रालयका सहसचिव भट्टराई पक्राउ

काठमाडौं,७ चैत । गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराई पक्राउ परेका छन् । उनलाई केहीबेर अघिमात्रै प्रहरीले नियन्त्रणमा लिएको हो ।

भट्टराई हिजो मात्रै सरुवा भएर गृह मन्त्रालय पुगेका थिए । यसअघि उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थल कार्यालयका प्रमुख अध्यागमन अधिकृत थिए ।

अख्तियारले केहीबेर अघिमात्रै विमानस्थल अध्यागमनमा छापा मारेको थियो । कुन विषयमा उनलाई पक्राउ गरेको हो, त्यस बारे थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्