नेयमारले रोनाल्डोको स्थान लिने

एजेन्सी । स्पेनिस क्लब रियल म्याड्रिडले ब्राजिलियन स्टार नेयमारलाई भविष्यमा क्रिस्टियानो रानाल्डोको सट्टाका रुपमा हेरेको र रियलका अध्यक्ष फ्लोरेन्टिनो पेरेज र नेयमारका बाबुले यस बारे छलफल पनि गरिरकेको बताइएको छ ।

तर अध्यक्ष पेरेज र नेयमार सिनियरबीचको छलफलअनुसार रोनाल्डोको रियलसँगको सम्झौता सकिएपछि मात्र नेयमारले रोनाल्डोको ठाउँँ लिन सक्ने छन् । रोनाल्डोको रियलसँग सम्झौता २०२१ मा सकिनेछ ।

नेयमार यहि सिजन बार्सिलोनाबाट कीर्तिमानी १ सय ९८ मिलियन पाउन्डमा पेरिस सेन्ट जर्मेन (पिएसजी) पुगेका थिए । उनले त्यहाँ पुगेयताका सबै खाले प्रतियोगिताका १२ खेलमा ११ गोल गर्नुका साथै ९ वटा एसिस्ट गरिसकेका छन् ।

नेयमार क्लबका लागि लिग १ मात्र होइन युइएफा च्याम्पियनसिप उपाधि पनि जित्ने लक्ष्यमा छन् । जसले उनलाई भविष्यमा बलोन डि’ओर पनि जित्न मद्दत गर्न सक्ने छ ।

४ वर्षको बार्सिलोना बसाईमा नेयमारले १ सय ८६ खेलमा १ सय ५ गोल गरे । उनले त्यहाँ २ पटक ला लिगा, तीन पटक कोपा डेल रे र २०१५ मा च्याम्पियन्स लिग उपाधि जितेका थिए ।

प्रतिक्रिया दिनुहोस्