बरुण हाइड्रोपावरले पायो शतप्रतिशत हकप्रद शेयर निष्काशनको अनुमति
काठमाडौं,७ जेष्ठ । बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । बोर्डले जेठ ६ गते उक्त कम्पनीलाई हाल कायम चुक्ता पुँजीको १ः१ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने अनुमति दिएको हो ।
बोर्डको स्वीकृति अनुसार कम्पनीले अब १०० रुपैयाँ अंकित दरमा कुल ५३ लाख ५८ हजार १ सय ५० कित्ता हकप्रद शेयर सार्वजनिक रुपमा बिक्री गर्नेछ ।
हकप्रद शेयर निष्काशनपछि कम्पनीको चुक्ता पुँजी १ अर्ब ७ करोड १६ लाख ३० हजार रुपैयाँ पुग्नेछ ।
यस कम्पनीको हकप्रद शेयर निष्काशन तथा विक्रि प्रवन्धकमा आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ ।
प्रतिक्रिया दिनुहोस्