नवनियुक्त गभर्नर प्रा.डा. विश्वनाथले लिए शपथग्रहण, आजै पदभार सम्हाल्ने

काठमाडौं, ७ जेष्ठ । नवनियुक्त गभर्नर प्रा.डा. विश्वनाथ पौडेलले शपथ लिएका छन् । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले उनलाई पद तथा गोपनीयताको शपथ गराएका छन् ।

शपथपछि पदबहालीका लागि पौडेल बैंकको केन्द्रीय कार्यालय, बालुवाटार गएका छन् । गभर्नर कार्यालयका अनुसार बैंकको नयाँ भवनको भित्री चोकमा उनको स्वागत कार्यक्रम राखिएको छ ।

हिजोको मन्त्रीपरिषद बैठकले प्रा.डा. पौडेललाई गभर्नरमा नियुक्त गरेको थियो । आज उनले पदभार सम्हाल्ने छन् ।

प्रतिक्रिया दिनुहोस्