एसियन लाइफ इन्सुरेन्सले हकप्रद सेयर जारी गर्न जेठ १६ लाई तोक्यो बुक क्लोज
काठमाडौं,७ जेष्ठ । एसियन लाइफ इन्सुरेन्सले ४२ प्रतिशत हकप्रद सेयर बिक्री गर्न बुक क्लोज मिति तय गरेको छ । कम्पनीले हकप्रद सेयर निष्कासन प्रयोजनका लागि जेठ १६ गते १ दिन बुक क्लोज गर्ने निर्णय गरेको हो । तसर्थ, जेठ १५ गतेसम्म कायम रहने सेयरधनीहरुले मात्र यस कम्पनीको हकप्रद सेयर भर्न पाउनेछन् ।
एसियनलाई नेपाल धितोपत्र बोर्डले १ः०.४२ अनुपातमा प्रतिकित्ता १०० रुपैयाँको दरले १ करोड ४२ लाख ७९ हजार ३१२.४८ कित्ता हकप्रद बिक्री गर्न अनुमति दिएको हो । यसआधारमा अर्ब १ अर्ब ४२ करोड ७९ लाख ३१ हजार २४८ रुपैयाँ बराबरको सेयर जारी हुनेछ ।
हकप्रद बिक्रीपछि एसियन लाइफको चुक्ता पुँजी ४ अर्ब ८२ करोड रुपैयाँमाथि पुग्नेछ ।
प्रतिक्रिया दिनुहोस्