राष्ट्र बैंकले १८ औं गभर्नरका रुपमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त
काठमाडौं । नेपाल राष्ट्र बैंकले १८ औं गभर्नरका रुपमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त भएका छन् ।
मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले गभर्नरमा प्रा.डा पौडेललाई नियुक्त गरेपछि राष्ट्र बैंकमा लामो समयदेखिको गभर्नर अन्यौल हटेको छ ।
साथै, गभर्नरको विषयलाई लिएर चुलिएको भनिएको सत्ता संकट पनि टरेको छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेल नेतृत्वको सिफारिस समितिले मंगलबार नै तीन जनाको नाम गभर्नरमा सिफारिस गरेको थियो ।
पौडेलसहित कामु गभर्नर निलम ढुंगाना र पूर्वसचिव दिनेश भट्टराईको नाम सिफारिस भएको थियो ।
सिफारिस भएका तीन नाममध्ये पहिलो नम्बरमा रहेका पौडेललाई मन्त्रिपरिषद्ले गभर्नर नियुक्त गरेको हो । यसले गर्दा बैकिङ्ख क्षेत्रको नीति निर्माण क्षत्रको अन्यालता अटेको छ । अब सबै गतिविधि अगाडी बढ्ने छ ।
प्रतिक्रिया दिनुहोस्