भ्रष्टाचारमा लिप्त र दण्डहीनतालाई प्रोत्साहन दिने कार्य तत्काल अन्त्य गर्नुपर्छः कोइराला
काठमाडौं, ६ जेष्ठ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकारले दण्डहीनतालाई प्रोत्साहन गरेको आरोप लगाएका छन् ।
कांग्रेसको आर्थिक नीति तथा योजना विभागको कार्यक्रममा बोल्दै भ्रष्टाचारमा लिप्त भएकै कारणले देश बन्न नसकेको टिप्पणी गरे ।
उनले भने, ‘हामी देश बनाउन नसक्ने होइन, हामी अलमलिएका छौँ । गुड गभर्मेन्ट छैन । करप्सनमा लिप्त छ । सरकारले दण्डहीनतालाई प्रोत्साहन दिइरहेका छ । त्यसलाई अन्त्य गर्नुपर्छ । त्यो कुरालाई हामीले रोक्न सक्यौं भने नेपाललाई बनाउन सकिन्छ ।’
देश बनाउने इच्छाशक्ति प्रधानमन्त्री र सरकारको हुनुपर्ने बताए ।
उनले भने, ‘केही दिन पहिले अर्थमन्त्रीसँग भेट भएको थियो, उहाँले मन्त्रीज्यूहरूलाई भनिदिनुपर्यो भनेर मलाई भन्नुहुन्छ, ४०÷५० लाखको बजेट नपठाउनुस् भनेर, कस्तो अवस्था छ हाम्रो ? अहिले पनि २५ लाखको बजेट आइरहेको छ । उहाँहरू तीन करोड भन्दा तलको बजेट नस्विकार्ने भनेर तर २५ लाखको बजेट मन्त्रालयहरूबाट गइरहेको छ ।’
उनले देशको अर्थतन्त्रमा भइरहेको चहलपहल रेमिट्यान्सबाट मात्रै भएको बताए । देशको अर्थतन्त्र खाडीमा गएका नेपालीहरूले धानिरहेको उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्