कास्की केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प

काठमाडौं, ६ जेष्ठ । मंगलबार दिउँसो कास्कीको सिनुवा केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले दिउँसो १ बजेर ५९ मिनेटमा ४।७ म्याग्निच्युडको भूकम्प गएको पुष्टि गरेको हो।

भूकम्पको धक्का कास्कीसहित तनहुँ, बागलुङ, पर्वतलगायतका जिल्लामा महसुस भएको बताइएको छ ।

यसअघि वैशाख ३१ गते सोलुखुम्बुको छेस्काम केन्द्रबिन्दु भएर ४।६ म्याग्निच्युडको भूकम्प गएको थियो ।

प्रतिक्रिया दिनुहोस्