छ्याङ्दी हाइड्रोपावरले जेठ २३ गतेदेखि हकप्रद सेयर जारी गर्ने

काठमाडौं,६ जेष्ठ । छ्याङ्दी हाइड्रोपावर लिमिटेडले जेठ २३ गतेदेखि १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीले १ः१ अनुपातमा ३८ लाख ६९ हजार ७७५ कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो । कम्पनीले १ सय अंकित मूल्यमा ३८ करोड ६९ लाख ७७ हजार ५०० रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गर्नेछ ।

उक्त हकप्रद सेयरको लागि छ्याङ्दीले जेठ २ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, जेठ १ गतेसम्म कायम लगानीकर्ताले हकप्रद सेयरको दाबी गर्न पाउनेछन् । छ्याङ्दी हाइड्रोपावरले जारी गर्न लागेको हकप्रद सेयरमा लगानीकर्ताले असार १२ गतेसम्म आवेदन दिन सक्नेछन् ।

यसमा ग्लोबल आइएमई क्यापिटलले बिक्री प्रबन्धकको काम गर्नेछ । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल नक्साल काठमाडौं र ग्लोबल आइएमई बैंकको तोकिएको शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । यसका साथै धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ ।

हाल कम्पनीको चुक्ता पुँजी ३८ करोड ६९ लाख ७७ हजार ५०० रुपैयाँ रहेको छ । हकप्रदपछि पुँजी ७७ करोड ३९ लाख ५५ हजार रुपैयाँ पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्