रुकुमपश्चिमबाट आएको बस तनहुँमा टिपरसँग ठोक्कियो, सात यात्रु घाइते

काठमाडौं,६ जेष्ठ । रुकुमबाट आएको बस तनहुँको डुम्रेमा दुर्घटना हुँदा सात जना यात्रु घाइते भएका छन् ।

सो दुर्घटनामा रुकुम पश्चिम बाँकेकोट गाउँपालिका-७ का ४९ वर्षीय हरिसचन्द्र खत्री, मुसिकोट नगरपालिकाका ३५ वर्षीय चन्द्रबहादुर रावल, सानीभेरी नगरपालिका-४ की १७ वर्षीया बिन्दु वली, ५० वर्षीय भद्रबहादुर वली, रुकुम पश्चिमकै (गा.पा. नखुलेको) ३५ वर्षीया शर्मिला पाण्डे, बस चालक नुवाकोटका ३० वर्षीय संजोग नेपाली र टिपर चालक जिल्ला तनहुँ भानु नगरपालिका-१२ का ४४ वर्षीय शंकर अधिकारी घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय तनहुँका अुनसार घाइते भएका हरिसचन्द्रको खुट्टा भाँचिएको छ । उनलाई उपचारका लागि चितवन मेडिकल कलेजमा लगिएको छ । अन्य सबैको अवस्था सामान्य छ । उनीहरुको लक्ष्मी अस्पताल डुम्रेमा उपचार भइरहेको छ ।

आज बिहान बन्दीपुर गाउँपालिका–१ डुम्रे नजिक प्रदेश १-०१–००१ ख ४१५२ नम्बरको बस र विपरीत दिशामा रहेको बागमती प्रदेश ०१–००१–अ–यू ००५७ नम्बरको टिपर दुर्घटना भएको हो ।

 

 

प्रतिक्रिया दिनुहोस्