हिमालयन लघुवित्तद्वारा व्यवस्थापकीय क्षमता विकास तालिम सम्पन्न

काठमाडौं, ५ जेष्ठ । हिमालयन लघुवित्त वित्तीय संस्थाले व्यवस्थापकहरुको क्षमताअभिवृद्धि गर्ने अभिप्रायले व्यवस्थापकीय क्षमता विकास तालिम सम्पन्न (Managerial Skills Development Training) कार्यक्रम सम्पन्न गरेको छ ।

२०८२ बैशाख ३१ देखि जेठ २ गते सम्म कुटी रिसोर्ट, पोखरामा सञ्चालन भएको उक्त कार्यक्रममा संस्थाका सम्पूर्ण शाखा प्रमुख, क्लस्टर प्रमुख र केन्द्रीय कार्यालयका कर्मचारीसहित करिब १०० जनाको सहभागिता रहेको थियो ।

तालिम कार्यक्रमको उद्घाटन गर्दै संस्थाका प्रमुख कार्यकारी अधिकृत विनोद आचार्यले संस्थाले हासिल गरेको प्रगति तथा नतिजा कर्मचारीहरुकै मिहेनतको परिणाम भएकोले संस्थाका सम्पूर्ण कर्मचारीहरुलाई धन्यवाद सहितबधाई दिंदै दिए । नेपालमा लघुवित्त संस्थाहरुले प्रभावकारी रुपमा आफ्ना सेवाहरु प्रदान गरिरहेको परिवेशमा विगत केही वर्षदेखि लघुवित्त क्षेत्रमा देखिदै आएको विविध खालको असहज परिस्थितिको बाबजुदपनि विचलित नभईकन ग्राहकलाई सर्वोपरी मानि आफ्नो सेवाहरु उच्च मनोबलका साथ निरन्तररुपमा प्रदान गर्दै आफनो कार्यसम्पादन गर्न निर्देशन दिनुभयो ।

यस वित्तीय संस्थाले लघुवित्त बजारमा आफनो बलियो उपस्थिती जनाएको र यसको सम्पूर्ण श्रेय संस्थामा कार्यरत सम्पूर्णकर्मचारीहरुमा जाने बताउंंदै भविष्यमा समेत आवश्यकताको पहिचान गरी कर्मचारीहरुलाई यस संस्थाबाट तालिमहरु प्रदान गर्दै जाने योजना रहेको बताउनु भयो ।

तालिम समापन कार्यक्रममा संस्थाका सञ्चालक समितिका अध्यक्ष बिजयमान नकर्मी तथा सञ्चालकहरुले सहभागीहरुलाई आवश्यक माग निर्देशनसहित तालिमको विषयवस्तुहरुमा सिकेका कुराहरुको जानकारी लिई सहभागीहरुलाई प्रमाणपत्र वितरण गर्नुभएको थियो ।
सञ्चालक समितिका अध्यक्ष बिजयमान नकर्मीले आर्थिक वर्ष २०८०/८१माउत्कृष्ट कार्यसम्पादन गर्न सफल शाखा कार्यालयहरुलाई पुरस्कृत गर्नुभएको थियो । संस्थाले हासिल गरेको प्रगतिमा कर्मचारीहरुको महत्वपूर्ण योगदान रहेकोमा धन्यवादव्यक्त गर्दै आगामी दिनमा संस्थाको थप उन्नती र प्रगतिको लागि लघुवित्त क्षेत्रमा हालदेखा परेका चुनौतिहरुबाट विचलित नभईकन दत्तचित्त भएर कार्य गर्न तथा तालिममा प्राप्त भएका ज्ञानहरु आफुमातहतका कर्मचारीलाई सिकाउने व्यवरमाउतार्नको लागि निर्देशन दिनुहुँदै आगामी दिनको लागि शुभकामना व्यक्त गर्नुभयो ।

राष्ट्रियस्तरको कार्यक्षेत्र भएको यस संस्थाले ७५ शाखा कार्यालयहरु मार्फत ७९हजार भन्दा बढी सदस्यहरुलाई लघुवित्तीय सेवाहरु प्रदानगर्दै करिब रु.१ अर्ब ५ करोड बचत संकलन गरीकरिब रु.४अर्ब ८८ करोड लगानीगरेको छ ।

प्रतिक्रिया दिनुहोस्