राप्ती हाइड्रोले १००% हकप्रद शेयरका लागि तोक्यो बुक क्लोज मिति
काठमाडौं,५ जेष्ठ । राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सनको हकप्रद शेयर सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।
कम्पनीको हकप्रद शेयर जारी गर्न भोली अर्थात जेष्ठ ६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । आज जेठ ५ गतेसम्म कायम शेयरधनीहरुले मात्रै यो कम्पनीको हकप्रद शेयर भर्न पाउनेछन्।
नेपाल धितोपत्र बोर्डले हिजो वैशाख २५ गते राप्ती हाइड्रोलाई हाल कायम चुक्तापुँजीको १ः१ अनुपातमा अर्थात १०० प्रतिशत हकप्रद शेयर जारी गर्ने अनुमति दिएको हो । अब कम्पनीले आफ्ना शेयरधनीहरुलाई ६१ करोड २७ लाख ९३ हजार ८०० रुपैयाँबराबरको हकप्रद शेयर निष्कासन गर्नेछ । जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ६१ लाख २७ हजार ९८३ रुपैयाँ कित्ता हकप्रद शेयर बिक्री खुला गर्नेछ ।
हकप्रद बिक्रीपछि कम्पनीको चुक्तापुँजी १ अर्ब २२ करोड ५५ लाख ८७ हजार ६०० रुपैयाँ पुग्नेछ । कम्पनीको हकप्रद शेयर निश्काशत तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ ।
प्रतिक्रिया दिनुहोस्