हेटौंडा-काठमाडौं जोड्ने कान्ति लोकपथ सडकखण्ड अवरुद्ध

काठमाडौं, ५ जेष्ठ । हेटौंडा-काठमाडौं जोड्ने कान्ति लोकपथ सडकखण्ड अवरुद्ध भएको छ ।

मकवानपुरको भीमफेदी गाउँपालिका-८ र ललितपुरको बागमती गाउँपालिका(२ को सीमानास्थित बगुवा खोलाको डाइभर्सन बाढीले बगाएपछि सडक अवरुद्ध भएको मकवानपुर प्रहरीले जानकारी दिएको छ ।

आज सोमबार बिहान परेको पानीले डाइभर्सनका लागि राखिएका ह्युमपाइपहरू बगाएको डिएसपी श्यामु अर्यालले जानकारी दिए ।

बगुवा खोलास्थित बागमती पुलको एक भाग गत असोजमा आएको भिषण बाढीले बगाएको थियो । पुलको मकवानपुरतर्फको भाग बगाएपछि डाइभर्सनबाट सडक सञ्चालन भइरहेको थियो र यसले गर्दा यमत्रुहरुलाई सास्ती भोग्नु परेको छ ।

प्रतिक्रिया दिनुहोस्