लेदोसहितको पहिरो खसेपछि हुम्लाको नाम्खा तिलगाउँ उच्च जोखिममा, हिमताल फुटेको आशंका

काठमाडौँ, ५ जेष्ठ । लेदोसहितको पहिरोले हुम्लाको नाम्खा गाउँपालिका वडा नं.६ को तिलगाउँ उच्च जोखिममा परेको छ ।

गएको बिहीवार र शुक्रवार गाउँमा लेदोसहितको पहिरो खसेपछि गाउँमा रहेका १८ वटा घर जोखिममा रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

ती घरमा रहेका ३२ जना विस्थापित भएका छन् । उनीहरु घर नजिकै सुरक्षित ठाउँमा त्रिपालमा बसेका छन् ।

स्थानीयवासीले हिमताल फुटेर पहिरो खसेको बताए पनि यसबारे पुष्टी हुन बाँकी रहेको प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले बताए ।

वडाध्यक्ष पाल्जोर तामाङले हिमताल फुट्दा लेदोसहितको पहिरो गाउँ आसपास आइपुगेको र बस्ती जोखिममा रहेकोजानका।ी दिए ।

पहिरोले जलविद्युत आयोजनाको भवन, खानेपानीको पाइप, कुलो र बाटो बगाएको स्थानीयवासीले बताएका छन् ।

चार दिनअघि नै गाउँमा पहिरो आए पनि हिमताल फुटेकोबारे हिजो मात्रै थाहा भएको वडाध्यक्ष तामाङले बताए ।

आफूसहित गाउँका पाँचजनाको टोली घण्टौं हिँडेपछि हिमताल फुटेको देखिएको उहाँले बताए ।

स्थानीयवासीले हिमताल फुटेको भन्ने ठाउँ पाँच हजार तीन सय मिटरको उचाइमा पर्छ ।

सुरक्षाकर्मीको टोली त्यसतर्फ गए पनि स्वास्थ्य समस्याबाले बीच बाटोबाटै फर्किएको प्रमुख जिल्ला अधिकारी पाण्डेयले जानकारी दिए । तर पहिरोले क्षति पुर्‍याएको तिलगाउँमा भने सुरक्षाकर्मीको टोली पुगेर आवश्यक उद्धारको काम गरेको उहाँले जानकारी दिए । वर्षातको समय सुरुभयसँगै देशभर बाढीपहिरो र प्राकृतिक विपत्ती थपिंदै गएको छ । प्राकेतिक विपत्तिबाट बचाउनका लागि सरकारले खासै तयारी गरेको पाइँदैन ।

प्रतिक्रिया दिनुहोस्