तेह्रथुम पावरको हकप्रद सेयरमा मूल्य समायोजन
काठमाडौं,४ जेष्ठ । नेपाल स्टक एक्सचेञ्जमा तेह्रथुम पावर कम्पनी लिमिटेडको १०० प्रतिशत हकप्रद सेयरमा मूल्य समायोजन भएको छ ।
आइतबारको अन्तिम कारोबार मूल्य ५९४.११ रुपैयाँलाई आधार मानेर भाउ समायोजन गरिएको हो । समायोजन पश्चात पावरको सेयर मूल्य ३४७.०६ रुपैयाँ कायम भएको छ । सोही भाउलाई आधार मानेर सोमबार सेयर कारोबार खुला हुनेछ ।
प्रतिक्रिया दिनुहोस्