दुर्गा प्रसाईंसहित २६ जनालाई थप ४ दिन हिरासतमा राख्न अनुमति
काठमाडौं, ४ जेष्ठ । काठमाडौंको तीनकुने आन्दोलनको घटनामा पक्राउ परेका दुर्गा प्रसाईं सहित २६ लाई थप चार दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलासले प्रसाईंसहित २६ जनामाथि अनुसन्धान गर्न थप ४ दिनको अनुमति दिएको सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिए।
आइतबार इजलासमा बहस नभएको र म्याद थप मात्रै भएको उनले बताए।
प्रहरीले उनीहरूमाथि राज्यविरूद्धको कसुर र संगठित अपराध कसुरमा अनुसन्धान गरिरहेको छ। संगठित अपराध कसुरमा ६० दिनसम्म प्रहरीले हिरासतमा राखेर अनुसन्धान गर्न पाउँछ।
त्यसअनुसार प्रहरीले उनीहरूमाथि अनुसन्धान गरिरहेको छ।
यसअघि शुक्रबारमात्रै सर्वोच्च अदालतले राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई हाजिर जमानीमा छाड्न आदेश दिएको थियो। मिश्रले आफूलाई बयान र अनुसन्धान सकिएपनि
प्रहरीले हिरासतमै राखेको भन्दै बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए।
उक्त रिटमा न्यायाधीशहरू तीलप्रसाद श्रेष्ठ र कुमार चुडालको इजलासले हाजिर जमानीमा छाड्न आदेश दिएको थियो।
चैत १५ गते काठमाडौंको तीनकुनेमा राजतन्त्र पुनर्स्थापनाको माग राख्दै दुर्गा प्रसाईंको नेतृत्वमा आन्दोलन भएको थियो। तर उक्त आन्दोलन हिंसात्मक भएपछि दुई जनाको मृत्यु समेत भएको थियो।
प्रतिक्रिया दिनुहोस्