तेह्रथुम पावरको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं,४ जेठ । तेह्रथुप पावर कम्पनीको हकप्रद शेयर सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । कम्पनीले हकप्रद शेयर निष्काशन प्रयोजनका लागि भोली जेठ ५ गते एक दिनका लागि बुकक्लोज गर्दैछ ।
यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन्।
कम्पनीले हाल कायम चुक्ता पूँजी ४० करोडको १ बराबर १ अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो । यस अनुसार कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ४० लाख कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ ।
प्रतिक्रिया दिनुहोस्