एनएलजी इन्स्योरेन्सले बोलायो साधारण सभा
काठमाडौं,४ जेष्ठ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले १९ औं वार्षिक साधारण सभा बोलाएको छ ।
इन्स्योरेन्सले आगामी जेठ २९ गते बिहीबार, आम्रपाली ब्याङ्केट, थिरबम सडक, बालुवाटार, काठमाडौँमा १९ औँ वार्षिक साधारण सभा बोलाएको हो । सो सभा बिहान ११ बजेदेखि शुरु हुनेछ ।
कम्पनीको सभाले हाल कायम चुक्ता पूँजीको २.५० प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.१३ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । त्यस्तै, सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने, स्वतन्त्र सञ्चालकको नियुक्ती अनुमोदन गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि कम्पनीले जेठ २२ गते एक दिनका लागि बुकक्लोज गर्नेछ । यस अनुसार जेठ २१ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले इन्स्योरेन्सको साधारण सभामा सहभागिता जनाउन तथा इन्स्योरेन्सले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्। ।
प्रतिक्रिया दिनुहोस्