आशिष चन्द ‘सिङ्गिङ स्टार नेपाल सिजन–१’ मा ग्राण्ड फिनालेमा, सुदूरपश्चिबासीलाई भोट गरिदिन आग्रह

काठमाडौं । कञ्चनपुरको वेदकोट नगरपालिका–४, बैतडाका २२ वर्षीय गायक आशिष चन्द (असीम)ले नेपालको चर्चित गायन रियालिटी शो ‘सिङ्गिङ स्टार नेपाल सिजन–१’ मा ग्राण्ड फिनालेमा आफ्नो स्थान सुरक्षित बनाएर सुदूरपश्चिम कै नाम चर्चा कामएको छ

सानैदेखि संगीतमा रुची राख्ने असीमको सुमधुर आवाज र प्रस्तुतिमा समेत दखल छन । यसअघि ‘द भ्वाइस नेपाल’ मा पनि दर्शक र निर्णायकको मन जितेको उनले ‘सिङ्गिङ स्टार नेपाल’ मा प्रस्तुत गरेको गायनले फेरि सबैलाई मन्त्रमुग्ध बनाएको छ । उनको यो यात्राले सुदूरपश्चिमका युवा कलाकारहरूमा नयाँ जोस र प्रेरणा बनेको छ ।

विस.२०६० साल कार्तिक २० गते जन्मेका आशिषले कक्षा ४ मा पढ्दादेखि नै गीत गाउन थालेका थिए । उनले सम्पूर्ण सुदूरपश्चिमबासी र नेपाली दर्शकलाई आफ्नो यो सांगीतिक यात्रामा साथ दिन आग्रह गरेका छन् । उनको समर्थनमा भोटिङ आइतबार राति १०ः३० बजेदेखि सुरु भइ जेठ ३ गते राति ८ बजेसम्म चल्नेछ । उनले सम्पूर्ण सुदूरपश्चिबासीलाई भोट गरिदिन आग्रह गरेका छन् । सुदूरपश्चिबासीको मायापाई भोटिङ भएमा उनले फेरी नेपालको साँगितकि क्षेत्रमा नयाँ आयाम थप्ने विश्वास लिएको छ ।

कञ्चनपुरबाट राष्ट्रिय मञ्चसम्म पुग्ने उनको दूरीले सुदूरपश्चिमको संगीत क्षेत्रमा नयाँ सम्भावनाको ढोका खोलेको छ । यसअघि भोईस अफ नेपाल नामक रियालिटि शोमा पनि सहभागी भइ ब्याटल राउण्डसम्मको यात्रा पूरा गरेका आशिषको यो उपलब्धि सुदूरपश्चिमका विभिन्न जिल्लाका युवाहरूका लागि ठूलो प्रेरणा बनेको छ ।

प्रतिक्रिया दिनुहोस्