आज जीवराज आश्रित र मदनकुमार भण्डारीको ३२औँ स्मृति विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौं, ३ जेष्ठ। नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता द्वय जीवराज आश्रित र मदनकुमार भण्डारीको ३२औँ स्मृतिमा आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।

यस अवसरमा प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा मदन नगर बल्खुमा रहेको मदन भण्डारीको प्रतिमामा माल्यार्पण तथा स्मृतिसभा गर्ने कार्यक्रम रहेको छ ।

ए बल्खुमा एमालेको केन्द्रीय कार्यालय बनाउन मदन भण्डारीले अगुवाई गरेका थिए ।

विसं २०४६ सालको जनआन्दोलन सफल भएसँगै खुला भएको तत्कालीन सो पार्टीले राजधानीको बागबजारस्थित नेकपाका संस्थापक नेता नारायणविलास जोशीको घरमा केन्द्रीय कार्यालय राखेको थियो । त्यसपछि सो कार्यालय बल्खुमा सारिएको थियो ।

विसं २०७२ को भूकम्पबाट कार्यालयमा क्षति पुगेकाले प्रयोग नै गर्न नसकिने भएपछि भत्काएको थियो । उक्त परिसरको मध्यभागमा मदन भण्डारीको प्रतिमा रहेको छ ।

त्यसपछि एमाले कार्यालय कहिले धूम्रबाराही त कहिले थापाथली सारिएको थियो । हाल एमाले केन्द्रीय कार्यालय च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा रहेको छ । मदन आश्रित स्मृति दिवसका दिन भने बल्खुस्थित सोही कार्यालय र त्यहाँको मदन भण्डारीको प्रतिमाले विशेष महत्त्व पाउने गरेको छ । । सर्वोच्च अदालतले ५० दिनदेखि प्रहरी हिरासतमा रहेका राप्रपा वरिष्ठ नेता रवीन्द्र मिश्रलाई थुनामुक्त गर्न आदेश दिएको छ ।
रवीन्द्र मिश्रलाई प्रहरी हिरासतमा राखिएको विषय अदालतको ध्यानाकर्षण भएपछि अदालतले यस्तो आदेश दिएको हो।
वरिष्ठ उपाध्यक्ष मिश्रको रिटको सुनुवाइ गर्दै रिहा गर्न आदेश दिएको सूचना अधिकारी निराजन पाण्डेले जानकारी दिए।

उनका अनुसार कानुन व्यवसायीको जिम्मामा छाड्न आदेश भएको हो।

‘बन्दीप्रत्यक्षीकरणको रिट जारी भएको छ। उहाँको कानुन व्यवसायीको जिम्मामा छाड्न भनिएको छ,’ उनले भने।

उनकी श्रीमती सारिका कार्कीले मिश्रलाई प्रहरीले गैरकानुनी रूपमा बन्दी बनाएको भन्दै वैशाख ३० गते सर्वोच्चमा रिट दायर गरेकी थिइन्।

उक्त रिटमा वैशाख ३१ गते सुनुवाइ गर्दै न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले कारण देखाउ आदेश जारी गर्दै बन्दीसहित उपस्थित हुन आदेश दिएको थियो।

सरकारी वकिलले बिहीबार मिश्रलाई पनि सर्वोच्चमा उपस्थित गराएको थियो। तर उक्त रिटमा सुनुवाइ भएको थिएन।

ुसंयुक्त जनआन्दोलन समितिु ले तोकेका ुजनकमान्डरु दुर्गा प्रसाईंको आह्वानमा चैत १५ गते काठमाडौंको तीनकुनेमा राजसंस्था पुनर्स्थापनालगायत एजेन्डासहित प्रदर्शन भएको थियो। तर उक्त प्रदर्शन भड्किएपछि दुई जनाको ज्यान समेत गएको थियो।

त्यही राति प्रहरीले वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री एवं सांसद धवलशम्शेर राणा लगायतलाई पक्राउ गरेको थियो। प्रसाईंलाई प्रहरीले चैत २९ गते भारतको असमबाट पक्राउ गरी काठमाडौं ल्याएको थियो।

उनीहरूमाथि प्रहरीले राज्यविरूद्धको कसुर, संगठित अपराध र आपराधिक उपद्रव कसुरमा अनुसन्धान गरिरहेको छ। प्रहरी र सरकारी वकिलले मिश्रसँग बयान लिइसकेको छ।

बयान लिएर पनि हाजिर जमानीमा नराखेको भन्दै मिश्रकी श्रीमतीले सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन्। धवलशम्शेर राणा भने स्वास्थ्य उपचारका लागि हाजिर जमानीमा छुटेका थिए।

प्रतिक्रिया दिनुहोस्