एप्पलका सीईओलाई ट्रम्पको आग्रहः भारतमा आईफोन उत्पादन नगर
काठमाडौं,१ जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमा आईफोन उत्पादन नहोस् भन्ने आफ्नो र अमेरिकी प्रशासनको चाहना रहेको बताएका छन् ।
मध्यपूर्व भ्रमणको क्रममा विहीबार कतारको राजधानी दोहामा रहेका उनले सो कुरा व्यक्त गरेका हुन् ।
उनले आइफोन निर्माता कम्पनी एप्पलका सीईओ टिम कुकसँग भारतमा आइफोन उत्पादन नगर्न आग्रह गरेका उल्लेख गरेका छन् । ‘भारतलाई आफ्ना फाइदाको ख्याल आफैं गर्न देऊ ।’ ट्रम्पले भने ।
भारत र अमेरिकीबीच भन्सार शुल्कको विषयमा छलफल भइरहेको बेला ट्रम्पले उक्त टिप्पणी गरका हुन् । केही दिनअघि एप्पलले भारतमा आफ्नो उत्पादन क्षमता विस्तार गर्न चाहेको खबर सार्वजनिक भएको थियो ।
मिडियासँग कुरा गर्दै ट्रम्पले भने, ‘मैले हिजो टिम कुकसँग कुरा गरेँ । टिम, हामी तिमीलाई धेरै राम्रो व्यवहार गरिरहेका छौं । तिमी ५०० अर्ब डलरको कम्पनी बनाउँदै छौं, तर तिमी भारतमा कारखाना खोल्दैछौ भन्ने मैले सुनें । म तिमी भारतमा (आइफोन) बनाऊ भन्ने चाहन्न ।’
ट्रम्पले भारतलाई विश्वका सबैभन्दा बढी भन्सार शुल्क लगाउने देशहरूमध्ये एक हो भनेका छन् । ‘तिमी भारतलाई सहयोग गर्न चाहन्छौ तर त्यहाँ सामान बेच्न गाह्रो छ,’ उनले कुकसँगको संवाद उद्धृत गर्दै भने, ‘यद्यपि भारतले हाम्रो सामानमा भन्सार शुल्क नलगाउने बाचा गरेको छ ।’
ट्रम्पले थपे, ‘तिमीले चीनमा बनाएका कारखानालाई हामीले वर्षौंसम्म सहन गर्यौं । अब हामी चाहन्नौं कि तिमी भारतमा बनाऊ । भारत आफैंले आफ्नो ख्याल गर्न सक्छ ।’
कुकले आईफोन अमेरिकामै उत्पादन गरून् भन्ने आफ्नो चाहना ट्रम्पले लुकाएनन् ।
प्रतिक्रिया दिनुहोस्