मिश्रलाई अदालतमा हाजिर गराएर फर्काइयो, बन्दी प्रत्यक्षीकरण मुद्दाको सनुवाइ भोलि

काठमाडौं, १ जेष्ठ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई सर्वोच्च अदालतमा हाजिर गराएर फर्काइएको छ ।

बन्दी प्रत्यक्षीकरणको मुद्दामा सुनुवाइका लागि बिहीबार मिश्रलाई अदालत लगिएको थियो ।

जिल्ला प्रहरी परिसर, काठमाडौंको हिरासतमा रहेका मिश्रलाई प्रहरीले बन्दी प्रत्यक्षीकरणको मुद्दामा सुनुवाइका लागि सर्वोच्च लगेको हो ।

पत्नी सरिका कार्कीले दर्ता गरेको बन्दी प्रत्यक्षीकरणको निवेदनमा सर्वोच्चले यसअघि कारण देखाउ आदेश जारी गर्दै अदालत उपस्थित गराउन भनेको थियो ।

सोही अनुसार उनलाई बिहीबार सर्वोच्च अदालत उपस्थित गराइएको हो । उक्त रिट निवेदनउपर भोलि शुक्रबार सुनुवाइ हुने भएको छ ।

मिश्रलाई हतकडीबिनै सर्वोच्च परिसर लगिएको थियो । यसअघि तीनकुने घटनामा म्याद थपका लागि जिल्ला अदालत लैजाँदा भने उनलाई हतकडीसहित अदालत परिसरमा लाने गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्