क्रेस्ट माइक्रो लाइफ इन्सुरेन्सले डाक्यो जेष्ठ २३ गते वार्षिक साधारण सभा

काठमाडौं,१ वैशाख । क्रेस्ट माइक्रो लाइफ इन्सुरेन्स कम्पनी लिमिटेडले जेठ २३ गते वार्षिक साधारण सभा गर्ने भएको छ । सभा कम्पनीको रजिष्टर्ड कार्यालय, बिरेन्द्रनगर-६, सुर्खेतमा बिहान ११ बजे सुरु हुनेछ ।

सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाहलगायत विवरणमा छलफल हुनेछ । त्यस्तै उक्त सभाले २ जना सञ्चालन नियुक्त गर्नेछ । लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि उक्त सभामा पेश हुनेछ । कम्पनीले लाभांश सम्बन्धी कुनै प्रस्ताव गरेको छैन ।

कम्पनीको सभा प्रयोजनका लागि कम्पनीले जेठ ९ गते बुक क्लोज गर्ने भएको छ । जेठ ८ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा सहभागिता जनाउन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्