फरवार्ड माइक्रोफाइनान्सको ३ लाख ६२ हजार कित्ता संस्थापक शेयर बिक्रीमा
काठमाडौं,१ जेष्ठ । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले ३ लाख ६२ हजार कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ । संस्थाले एक सूचना जारी गर्दै संस्थाकै विद्यमान संस्थापक शेयरधनीका लागि शेयर बिक्री गर्न लागेको जनाएको हो ।
उक्त शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीले सूचना प्रकाशति भएको आज जेठ १ गतेको मितिबाट ३५ दिनभित्र आवश्यक कागजात सहित काठमाडौंको बालुवाटारस्थित बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडमा निवेदन दिनु पर्नेछ ।
संस्थाले तोकिएको यस समयभित्र संस्थापक शेयरधनीहरुबाट शेयर खरिदका लागि कुनै पनि निवेदन प्राप्त नभएमा सो शेयर सर्वसाधारणलाई बिक्री गरिने जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्