छ्याङ्दी हाइड्रोपावरको शतप्रतिशत हकप्रद सेयर सुरक्षित गर्ने आज अन्तिम मौका

काठमाडौं,१ जेष्ठ । छ्याङ्दी हाइड्रोपावरको शतप्रतिशत हकप्रद सेयर सुरक्षित गर्ने आज जेठ १ गते बिहीबार अन्तिम दिन हो । कम्पनीले हकप्रद सेयर बिक्री प्रयोजनका लागि जेठ २ गते शुक्रबार बुक क्लोज गर्दैछ । त्यसैले जेठ १ गतेसम्म कायम रहने सेयरधनीहरुले मात्र छ्याङ्दी हाइड्रोपावरको हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरले १ः१ अनुपातमा ३८ लाख ६९ हजार ७७५ कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो ।

कम्पनीको यस हकपद्र सेयर निष्कासनका लागि बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटललाई तोकेको छ । यस हकप्रद बिक्रीपछि छ्याङ्दीको चुक्ता पुँजी ७७ करोड ३९ लाख ५५ हजार रुपैयाँ पुग्नेछ ।

 

प्रतिक्रिया दिनुहोस्