लाईफ इन्स्योरेन्स कर्पोरेशनले गर्यो लाभांश घोषणा
काठमाडौं,१ जेष्ठ । लाईफ इन्स्योरेन्स कर्पोरेशन लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।
इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ५ अर्वको १० प्रतिशत बोनस शेयर वितरण गर्ने घोषणा गरेको हो । सो बोनश शेयरमा लाग्ने कर प्रयोजनको लागि ०.५२ प्रतिशत नगद प्रस्ताव गरेको हो ।
इन्स्योरेन्सको सञ्चालक समितिको बैशाख ३१ गते बुधबार बसेकोे बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो दरमा लाभांश वितरण गरिनेछ ।
प्रतिक्रिया दिनुहोस्